पु.समाचार

पूर्व प्रमुख सूचना आयुक्त रहेनन्

kasajuko death

ललितपुर । राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त तथा राष्ट्रिय समाचार समिति (रासस)का पूर्व सञ्चालक समिति सदस्य विनयकुमार कसजूको आज(मंगलबार) निधन भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गरिरहेको कसजूको आज दिउँसो निधन भएको हो ।

मुटु र श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित भएका उनी गत कात्तिक १९ गते अस्पताल भर्ना भएका थिए । गुल्मीको रिडीमा २००४ सालमा जन्मिएका कसजूका श्रीमती र तीन छोरा छन् । कसजूको दुई सयभन्दा बढी बालकथा प्रकाशित छन् ।

नेपालको ग्रामीण पत्रकारिता र सामुदायिक रेडियोका अभियन्ता कसजूले देउराली पत्रिका प्रकाशनसमेत गरेका थिए। कसजूले बालबालिकालाई कविता र कथा लेख्न सिकाएका थिए ।