राजनीति

भ्रष्टाचार/सुनकाण्ड/बाईबडीकाण्डमा लिप्त सरकारलाई कडा झापड हान्न नेता जोशीको आग्रह

कास्की । नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नविन्द्रराज जोशीले कास्की २ को निर्वाचनमा खेमराज पौडेलको जितनै इमानदारिताको जित भएको बताएका छन् । कास्की क्षेत्र नं२ को जुम्लेडी अर्मलेमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै जोशीले नेपालले कास्कीलाई नियालिरहेको छ लोकतान्त्रिक व्यवस्थाको जित र हार कास्कीको जनताको हातमा रहेको बताए ।

कार्यक्रममा बोल्दै जोशी भ्रष्टाचार, सुनकाण्ड, बाईबडीकाण्डमा रुमलिरहेको सरकारलाई कडा झापड हान्नेर जगाउन समेत रुख चिन्हमा मतदान गर्न आग्रह गरे ।

जोशीले जीवनभर निष्ठा त्याग समर्पणको राजनीति गरेका खेमराज पौडेलमात्र उम्मेद्वार हैन राजनीतिमा सदाचारिताका अनुयायी र कास्कीका काङ्ग्रेसका प्रत्येक कार्यकर्ता उम्मेद्वार रहेको बताए । कार्यक्रममा प्रदेशसभा सांसद् विन्दुकुमार थापाले आफु सदैव अर्मले क्षेत्रको विकासकालागि लागिरहेको तपाईंहरुसबै मिलेर खेमराज गुरुलाई जिताउन विकल्प नरहेको बताए ।कार्यक्रममा नेविसंघका निवर्तमान उपाध्यक्ष नवीन राई,काङ्ग्रेस नेताश्याम खड्का ,राजु खरेल लगायतको उपस्थिति रहेको थियो ।