राजनीति

भ्रष्टाचार रोक्नुको सट्टा संरक्षणमा लाग्नाले ओली सरकार देखियो पूर्णतः असफल–नेता सिंह

भक्तपुर । भक्तपुरको ताथलीमा आज आयोजना गरिएको चुनावी सभामा बोल्दै कांग्रेस नेता प्रकाश मान सिँहले बर्तमान सरकार पुर्णत: असफल भएको आरोप लगाएका छन् ।

बिकास बजेट सम्म खर्च गर्न नसक्ने प्रदेशको राजधानी तोक्न र नामकरण गर्न समेत नसक्ने नेकपाको सरकारबाट थप आस गर्न नसकिने बताएका छन् । दुईतिहाईको आडमा लोकतन्त्र कमजोर बनाउदै कम्युनिष्ट अतिवाद लाद्न खोजेकाले लोकतन्त्रको रक्षाका लागि पनि कांग्रेसलाई जिताएर सन्देस दिन आग्रह गरेका छन् ।

सरकार बनेको यतिका समय बिति सक्दासम्म जन अपेक्षा अनुसार माखो मार्न नसक्नेले अब पनि काम गर्छु भनेर मत माग्नु लज्जास्पद भयको बताएका छन् ।

राजनीतिक स्तिरता र लोकतान्त्रिक मूल्य मान्यताको सम्बर्द्धन गर्न कांग्रेस बाहेक ले नसक्ने समेत बताएका छन् । भ्रष्टाचार बेतिथिको अन्त्य गर्नुको सट्टामा सरकार समंरक्षणमा लाग्नु दुःखको कुरा भएको समेत बताउदै सरकारलाइ सच्चिन समेत आग्रह गरेका छन् । उनले मंसिर १४ को उपचुनावमा कांग्रेसलाई मत दिदै लोकतन्त्रप्रति विश्वास गर्न निर्बाचन क्षेत्रका जनतालाई अपील समेत गरेका छन् ।