राजनीति

दुई तिहाइको ओली सरकार लाजमर्दो हिसावमा काण्डै काण्डले बदनामः सहमहामन्त्री डा. महत्

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री डा. प्रकाशशरण महत्तले कम्युनिष्ट नेतृत्वको दुई तिहाइको वर्तमान सरकार लाजमर्दो हिसावले काण्डै काण्डले बदनाम भएको वताएका छन् । मंगलवार पोखरामा आयोजित विभिन्न चुनावी सभालाई सम्वोधन गर्दै उनले सो कुरा वताएका हुन् ।

जनताको दुइ तिहाइ मत प्राप्त गरेको सरकार जनताका काममा भन्दा भ्रष्टाचारमा लिप्त भएको उनले वताए । देशमा हत्या, हिंसा, लुटपाट मच्चाउन उद्त सरकारले राष्ट्रियतालाई पनि धरापमा पारेको टिप्पणी गरे ।

सरकारका काम एक पछि अर्को गर्दै अधिनायकवाद उन्मूख भएको उनले वताए । यो सरकारलाई सही वाटोमा ल्याउन यो उपनिर्वाचनमा कास्की सहित देशका सवै ठाउँमा कांग्रेसलाई जिताउनु पर्ने उनले जिकिर गरे ।

यो सरकार लोकतन्त्र प्रति नै अनुदार रहेकोले यसले जनताको भावनाको कदर गर्न नसक्ने उनको टिप्पणी छ । वर्तमान सरकार नेपालीको नजरमा मात्र नभएर अन्तराष्ट्रिय मामलामा समेत चुकेको वताए । उनले देशको सीमाना मिचेर भारतले नक्सा जारी गर्दा समेत ओली सरकार निदाएर वसेको आरोप लगाए ।

नेपाली कांग्रेस उपनिर्वाचन वुथ उपसमिति क्षेत्र नं २ कास्कीद्धारा आयोजित अभिमुखिकरण कार्यक्रमलाई सम्वोधन गर्दै उनले मत परिणाम नआउँदासम्म कांग्रेसका नेता कार्यकर्ता सक्रीय हुन आवस्यक भएको वताए । वर्तमान सरकार जनतावाट वहिस्कृत भैसकेको अवस्थामा निर्वाचनमा कव्जाको रणनीति अबलम्वन गर्ने खतरा रहेको औंल्याउँदै उनले वुथ कमाण्डरहरु सचेत वन्नु पर्ने वताए । उनले दवाव, प्रभाव र प्रलोभनमा नपरी आफ्नो दायित्व निर्वाह गर्न वुथ कमाण्डरहरुलाई निर्देशन दिएका छन् ।

यसैवीच पोखरा २० भलाममा मंगलवार आयोजित चुनावी सभालाई सम्वोधन गर्दै पूर्वमन्त्री समेत रहेका केन्द्रीय सहमहामन्त्री डा प्रकाशशरण महत्तले कास्कीका जनताले उमेद्वार कांग्रेस उमेद्वार खेमराज पौडेललाई जिताएर सरकारको गलत रवैयाको भण्डाफोर गर्ने अवसर आएको वताए । लोकतन्त्रमा वंशको साशन सैह्य नहुने भन्दै उनले कांग्रेस उमेद्वार खेमराज पौडेल एक निष्ठावान व्यक्ति भएकोले उनलाई नै मतदान गर्न आग्रह गरे । उनले देशमा व्यप्त अराजकताको अन्त्य गर्न पनि यो उपनिर्वाचनमा कांग्रेसले जित्नु पर्ने दावी गरे ।

यसैवीच मंगलवार नै कांग्रेस नेता महत्तले पोखरा ८ मा आयोजित घरदैलो कार्यक्रममा पुगेर कांग्रेस उमेद्वार खेमराज पौडेललाई विजयको शुभकामना तथा आशिर्वाद समेत दिएका थिए ।