आर्थिक

गरिमा विकास बैंकको १३औं बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

GARIMA BIKASH BANK, BLOOD DONATION

काठमाडौं ।  गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको १२औं वर्ष पूरा गरी १३औं वर्षमा प्रवेश गरेको अवसरमा २०७६ मंसीर ७ गते शनिबार देशका विभिन्न ११ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

विकास बैंकले केन्द्रीय कार्यालय लाजिम्पाट, शाखा कार्यालयहरु स्याङ्गजाको वालिङ्ग, रुपन्देहीको बुटवल, म्याग्दीको वेनी, चितवनको नारायणगढ, झापाको विर्तामोड र दमक, सुनसरीको धरान, सुर्खेतको वीरेन्द्रनगर, कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा बृहत रक्तदानकार्यक्रम सम्पन्न गरेको हो ।उक्त स्थानहरुमा भएको रक्तदान कार्यक्रबाट ५०० युनिटभन्दा बढी रगत संकलन भएको छ ।

विकास बैंकले आफ्नो बार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमहरु सम्पन्न गर्दै आईरहेको छ ।

काठमाण्डौंको लाजिम्पाटमा केन्दीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौंमा १० वटा शाखा सहित देशभर ९० शाखा र ४९ वटा एटीएम संचालनमा छन । २०७६ मंसीर ६गतेसम्मविकास बैंकलेकरिब ३६ अर्ब निक्षेप संकलन गरी ३२ अर्ब कर्जा लगानी गरेको छ ।