आर्थिक

नेपाल टेलिकमको ‘राइड थ्रु सिन्धुलीगढी’ साइकल र्याली सम्पन्न

काठमाडौं । नेपालभर फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानको  रुपमा सञ्चालन गरिरहेको नेपाल टेलिकमले सिन्धुलीमा कम्पनीले यस सम्बन्धी व्यवसाय प्रवद्र्धन कार्य सम्पन्न गरेको छ ।

गत मंसिर ६ देखि काठमाडौंको पशुपतिनाथ परिसरबाट प्रारम्भ भई जनकपुरमा पुगेर मंसिर ९ गते समापन भएको साइकल र्याली ‘राइड थ्रु सिन्धुलीगढी’ र सांस्कृतिक कार्यक्रमको अवसरमा सिन्धुलीका स्थानीयवासी बीच सिम वितरण गर्नुका साथै सेवा तथा छुटहरुको वारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । सो कार्यक्रम सिन्धुलीको मुलकोट, खनियाखर्क, सिन्धुलीमाढी र बलेनीका स्थानीय वासीहरुमाझ गरिएको थियो ।

तत्कालीन नेपालमाथि आक्रमण गरेका बेला सिन्धुलीगढीमा सानो समूहको नेपाली सेनाले ४ हजारभन्दा बढी अंग्रेज सेनामाथि विजय प्राप्त गरेको सम्झनामा सम्वृद्ध सिन्धुली अभियानद्वारा विजय उत्सवका रुपमा आयोजित साइकल र्यालीका अवसरमा सो कार्यक्रम गरिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले पशुपतिनाथ परिसरबाट कम्पनीको लोगो अंकित झण्डा भएको साइकल कुदाएर शुरुवात गरेका सो र्याली र सांस्कृतिक कार्यक्रममा कम्पनीले सिम वितरण तथा व्यापार प्रवद्र्धन कार्य गरेको हो । र्यालीमा विश्व साइकल यात्री पुष्कर शाहको समेत सहभागीता रहेको थियो ।

कम्पनीले सहप्रायोजन गरेको साइकल र्यालीका क्रममा मुलकोट र सिन्धुलीमाढीमा आयोजित विशाल सांस्कृतिक कार्यक्रममा कम्पनीको स्टल राखी सेवा प्रवद्र्धनका कार्य गरिएको थियो । सो अवसरमा विशेषतः कम्पनीका सेवा, छुट र फोरजीका बारेमा उपभोक्ताबाट राखिएका जिज्ञासालाई सम्बोधन गरिएको थियो ।