आर्थिक

सुनको मूल्य निरन्तर ओरालो लाग्दै

काठमाडौं । हप्ता दिनदेखी सुनको मूल्य निरन्तर घट्दो क्रममा छ। गत बिहिबारदेखि ओरालो लागेको सुनको मूल्य आज(मंगलबार) सम्म पनि सोहि अवस्थामा रहेको  नेपाल सुनचाँदी  व्यवसायी महासंघले जानकारी दिएको छ। 

गत बुधबार नेपाली बजारमा सुन प्रतितोला ७२ हजार एकसय रुपैयाँ रहेको रहेको थियो । त्यसयता सुनको मूल्य निरन्तर ओरालो लागेको सुनको मूल्य आज(मंगलबार) प्रतितोला ७१ हजार दुई सय रुपैयाँ रहेको छ ।

महासंघले आज(मंगलबार)को लागि छापावाल सुन प्रतितोला ७१ हजार दुई सय र तेजावी सुन प्रतितोला ७० हजार नौं सय रुपैयाँ निर्धारण गरेको छ । 

सुनको मूल्य ओरालो लागेसँगै चाँदीको मूल्यमा गिरावट आएको छ। गत बुधबार प्रतितोला ८६५ रुपैयाँ रहेको चाँदी मंगलबार सम्म आइपुग्दा प्रतितोला १५ रुपैयाँ घटेको छ । आजको लागि चाँदी प्रतितोला ८५० रुपैयाँ निर्धारण गरेको महासंघले जनाएको छ ।