समाचार

बानेश्वरमा डाक्टरलाई ठक्कर दिने बस चालक पक्राउ

ARREST

काठमाडौं ।  काठमाडौंको नयाँ वानेश्वर स्थित सिभिल अस्पतालमा कार्यरत डक्टरलाई ठक्कर दिएर भागेको बस चालकसहित पक्राउ परेका छ ।

आइतबार बिहान मर्निङ वाक निस्किएका डा. प्रभु जोशीलाई ठक्कर दिएर फरार रहेको बस चालकसहित रामेछापबाट पक्राउ परेको काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

बा ३ ख ६१४ नम्बरको यात्रुवाहक बस र भक्तपुर सूर्यविनायक बस्ने चालक बुद्धिकुमार कोजुलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

आइतबार बिहान नयाँ वानेश्वरस्थित सिभिल अस्पतालमा कार्यरत डा. जोशीको घटनास्थलमै मृत्यु भएको थियो । संसद् भवनको दक्षिण गेट अगाडि बसले ठक्कर दिएको भए पनि प्रहरीले बस र चालकको पहिचान गर्न सकेको थिएन । 

घटना बिहान ६ बजे भएपछि प्रहरीले त्यतिबेलाको सीसीटीभी फुटेज हेरेको थियो । फुटेजमा सो गाडी नयाँ बसपार्क, भक्तपुर, काभ्रे हुँदै रामेछापतर्फ पुगेको देखिएको थियो । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।