समाचार

प्रधानमन्त्री ओलीको अप्रेशन सम्पन्न, स्वास्थ्य अवस्था स्थिर

pmoli

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको अप्रेशन सम्पन्न भएको छ । पेट दुख्ने समस्या बढेपछी  प्रधानमन्त्री ओली आज(मंगलबार) बिहान ९ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए ।

चिकित्सकहरुले स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिस भएको फेला पारेअप्छी उनको आज अपरेशन गरिएको हो ।अस्पतालका निर्देशक डा.अरुण सायमीका अनुसार प्रधानमन्त्री अब केही दिन अस्पतालमै भर्ना भएर बस्नु पर्ने छ । अप्रेशनपछि उनलाई अप्रेसन थिएटरबाट भीभीआईपी क्याबिनमा सारिएको छ ।

ओलीले अब अस्पतालमा भर्ना भएर आराम गर्नुपर्ने भए पनि कति बस्नुपर्छ भन्ने निश्चित भएको छैन । अस्पतालका निर्देशक सायमीले स्वास्थ्यका अरु कुराहरू समेत हेरेर डिस्चार्ज गरिने बताएका छन् । उनी प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकारसमेत हुन् ।

मनमोहन अस्पतालले एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्यअवास्था स्थिर रहेको जानकारी दिएको छ  ।