मनोरञ्जन

‘चपली हाईट-३’को रिलिज डेट सार्वजनिक

chapali height-3

काठमाडौं । नेपाली इरोटिक थ्रिलर ‘चपली हाईट-३’ले आफ्नो रिलिज डेट सार्वजनिक गरेको छ । अर्जुन कुमारको  निर्माणमा छायांकन भइरहेको चलचित्र ‘चपली हाइट’को तेश्रो स्किवेयलले चैत २८ गतेका लागि आफ्नो रिलिज डेट  सार्वजनिक गरेको हो ।

सिनेमालाई निकेश खड्काले निर्देशन गरेका छन्। अघिल्ला दुई श्रृखंलालाई दीपेन्द्र के. खनालले निर्देशन गरेका थिए। चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र प्रतिक श्रेष्ठ मुख्य भूमिका छ । महेश र प्रतिकको ‘चपली हाइट–३’ डेब्यू चलचित्र हो ।

फिल्मको छयांकन पुर्षोत्तम प्रधानले गरेका छन् भने म्युजिक स्वयं अर्जुन कुमारको रहेको छ । सस्पेन्स थ्रिलर जानरामा निर्माण भइरहेको नयाँ वर्षको अवसर पारेर आउन लागेको हो ।