अन्तर्राष्ट्रिय

राष्ट्रपति ट्रम्पले एक कुकुरलाई अभूतपूर्व बताउँदै गरे सम्मान

trump, dog konan

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कुकुरलाई अभूतपूर्व बताउँदै सम्मान गरेका छन् । मिलिट्री ‘डग कोनान’को अभूतपूर्व क्षमताको कदर गर्दै उनले हवाइट ह्वाउसमा मिलिट्री ‘डग कोनान’लाई सम्मान गरेका हुन्  ।

उनले कोनानको साथमा सयौं फोटोको लागि थुप्रै पोजहरू समेत  दिएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले उल्लेख गरेका छन् ।

कोनान इस्लामिक आतंकवादी संगठन (आइएस)का भूतपूर्व प्रमुख अबु बकर अल-बगदादीको विरुद्ध जारि गरिएको खोजीकार्य अभियान अन्तर्गत घाइते भएको कुकुर हो । उक्त अभियानको द्वारा आइएस प्रमुख बगदादी मारिएका थिए ।

उपराष्ट्रपति माइक पेन्स र फर्स्ट लेडी मेलानियाको साथ प्रेसको सामुन्ने पुगेका राष्ट्रपति ट्रम्पले संवाददाताहरूलाई बताए-“हाम्रो के-९, जसरी उसलाई बोलाउने गरिन्छ । म यसलाई एक कुकुर, एक प्यारो कुकुर, एक प्रतिभाशाली कुकुर भनेर बोलाउने गर्छु । यो घाइते भएको थियो, अब निको भएर फर्की आएको छ ।”

समाचार एजेन्सी एफेका अनुसार कोनानको साथ् उसको मालिक पनि उपस्थित थिए । जर्मन शेफार्डको समान बेल्जियन मेलिनाइस जातको कोनान अक्टुबरको अन्त्यमा अल-बगदादीको विरुद्ध अमेरिकी सैन्य अभियानमा सामेल थियो । उत्तर-पश्चिमी सिरियाको एक सुरुङमा कोनान बगदादीलाई तबसम्म लखेटीरह्यो जबसम्म बगदादीलाई अमेरिकी सैनिकहरूले चारै तर्फबाट घेरे ।

बगदादी मारिएसँगै राष्ट्रपति ट्रम्पले ट्वीटमार्फत बताएका थिए- एक कुकुरले अल-बगदादी विरुद्धको अभियानमा प्रमुख भूमिका निभाएको छ । अहिले सो कुकुर घाइते भएको छ । उसको उपचार भइरहेको छ ।”