राजनीति

राजनीतिक दलको संरक्षमा मेडिकल माफियाको लुटतन्त्रः डा भट्टराई

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले मेडिकल माफियाहरूले राजनीतिक दलहरूको संरक्षण पाइरहेसम्म लुटतन्त्रको अत्य नहुने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत डा भट्टराईले  स्वास्थ्य क्षेत्रलाई पूर्णरूपले राज्यको दायित्वको रूपमा नलिएसम्म यो लुटतन्त्र चलिरहने ठोकुवा गरेका छन् ।

उनले अहिले खालि म कुटेझैं गर्छु तँ रोएझैं गर भैरहेको भन्दै उनले यो लामो लडाइँ भएको र यससकानिम्ति सबै अग्रगामी शक्तिहरू एकजुट हुनुपर्ने बताएका छन् ।

 

उनको ट्वीटरः मेडिकल माफियाहरूले राजनीतिक दलहरूको संरक्षण पाइरहेसम्म र सरकारले शिक्षारस्वास्थ्य क्षेत्रलाई पूर्णरूपले राज्यको दायित्वको रूपमा नलिएसम्म यो लुटतन्त्र अन्त्य हुनेवालाछैन ! अहिले खालि म कुटेझैं गर्छु तँ रोएझैं गर भैरहेछ ! यो लामो लडाइँ होसत्यसकानिम्ति सबै अग्रगामी शक्तिहरू एकजुट होऔं  !