प्रदेश 1

आचार्यले पारिवारिक एकताको माध्यमबाट समाजलाई उल्लेखनीय योगदान दिन सकिन्छः पूर्बमन्त्री आचार्य

धरान । देवऋषि आचार्य समाजले पूर्व मन्त्री महेश आचार्यको प्रमुख आतिथ्यतामा सोमबार बिषेश भेलाको आयोजना गरेको छ ।

उक्त कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री आचार्यले आफू पनि देवऋषि आचार्यको वंशज भएकोमा गौरवान्वित महसुस गरेको छु भन्दै समाज र यसले गर्ने कार्यक्रमले धरान र आसपासका स्थान लाभान्वित हुनु पर्ने बताए । आचार्य समाजले आगामी दिनहरुमा गर्ने सामाजिक कामहरुलाई उत्कृष्ट बनाउन आफू जस्तो पनि सहयोग गर्न तयार रहेको बताउँदै नेता आचार्यले पारिवारिक एकताको माध्यमबाट समाजलाई उल्लेखनीय केही दिन सकिने रहेछ भन्ने उदाहरण बन्न आचार्य समाजलाई आग्रह गरे ।

सोही कार्यक्रमा कौडिण्य गोत्रीय आचार्य महिलाहरुलाई संगठित गर्दै उनीहरुको सामाजिक भावना र नेतृत्व बिकास गर्दै सत्कर्ममा अगाडी बढेको कौडिण्य गोत्रीय आचार्य महिला समाजलाई प्रशंसा पत्र प्रदान गरेर सम्मान गरिएको थियो । सम्मानित भएपछि बोल्दै महिला अध्यक्ष अम्बिका आचार्यले धन्यवाद व्यक्त गर्दै प्रशसापत्रले आफूहरुलाई सामाजिक क्षेत्रमामा काम गर्न थप उर्जा र उत्प्रेरणा प्राप्त भएको बताईन ।

देवऋषि आचार्य समाजका सचिव बिकास आचार्यले आफ्नो स्थानको बिकासमा संगठित र संस्थागत योगदान गर्न पारिवारिक एकता अनिवार्य रहेको र आफ्नो पुर्खाको कृतिलाई भविश्यको संततीहरुले समेत देखुन भनेर त्यस्ता किर्तीको संरक्षण गर्न, लोप भएका किर्तीको पुनर्निर्माण गर्न, थाहा नभएका किर्तीको खोजी गर्न र वर्तमानमा समाजलाई पुनः पुर्खा र अग्रजले जसरी योगदान दिन समाज गठन गरिएको बताए । कार्यक्रम समाजका संयोजक राजेश आचार्यको संयोजकत्वमा सम्पन्न भएको थियो ।