खेलकुद

सेन्ट्रल जोन विजेता खेलाडीलाई सरकारले सम्मान गर्दै

काठमाडौं । राष्ट्रिय महिला भलिबल टोलीलाई आज मंगलबार सरकारले सम्मान गर्दैछ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर सरकारले महिला भलिबल टिमलाई सम्मान गर्न लागेको हो ।

बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि विजेता खेलाडीलाई सम्मान गर्न लागिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीलाई नगद सहित सम्मान गर्ने कार्यक्रम तय भएको छ ।

सरकारले उपाधि विजेता खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने घोषणा गरिसकेको छ । सोही पुरस्कार रकम प्रधानमन्त्रीमार्फत खेलाडीलाई दिन लागिएको हो ।

साग खेलाडीलाई सम्मान

यस्तै प्रधानमन्त्री ओलीले सागलाई लक्षित गर्दै विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सागमा सहभागी हुने खेलाडीलाई लक्षित गरेर प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्न लागेका हुन् । सम्बोधनमा प्रधानमन्त्रीले सागमा विजयी बन्ने खेलाडीलाई विशेष प्याकेज घोषणा गर्न सक्ने बताईएको छ ।

सोही कारण राष्ट्रिय खेलकुद परिषद् ९राखेप०ले सागको संघारमा प्रधानमन्त्रीको सम्बोधन राखेको हो । सम्बोधन लगत्तै प्रधानमन्त्री ओलीले निर्माणाधिन दशरथ रंगशालाको समेत निरिक्षण गर्ने कार्यक्रम रहेको छ ।