अन्तर्राष्ट्रिय

भारतको संसदमा गान्धीको नेतृत्वमा प्रदर्शन

एजेन्सी । भारतीय राष्ट्रिय काँग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीको नेतृत्वमा सोमबार भारतको संसदमा प्रदर्शन गरिएको छ ।

महाराष्ट्रमा सरकार बनाउने विषयमा धोका भएको भन्दै काँग्रेसका नेता तथा सांसदहरुले प्रदर्शन गरेका हुन् । काँग्रेसका नेताहरुले “लोकतन्त्रको हत्या बन्द गर” भनेर नारा लगाएका थिए । संसद बैठक सुरु हुनासाथ उनीहरुले नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको थियो ।

भारतको लोक सभा र राष्ट्रिय सभा दुवैमा काँग्रेस नेता तथा सांसदहरुले प्रदर्शन गरेका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

महाराष्ट्रमा हालै भएको निर्वाचनपछि काँग्रेस र शिव सेनाले सरकार बनाउने तयारी गरेपनि अर्को पक्षलाई साथमा लिएर भारतीय जनता पार्टीले नै सरकार बनाएपछि काँग्रेस रिसाएको हो ।