अन्तर्राष्ट्रिय

हिंसाका कारण कङ्गोमा आठको मृत्यु

एजेन्सी । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा भएको पछिल्लो हिंसात्मक घटनामा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

देशको बेनी सहरमा लडाकूहरुले आक्रमण गरेपछि भएको हिंसामा परी उनीहरुको मृत्यु भएको जनाइएको छ ।

सेनाका प्रवक्ता कर्नेल माक हजुकाइले युगाण्डासँगको सीमा क्षेत्रमा घटना भएको र उनीहरुको मृत्यु भएको पुष्टि गरेका हुन् ।

हिंसात्मक घटनाका क्रममा टाउन हल र केही भौतिक संरचनाहरु समेत जलेको अधिकारीहरुले जनाएका छन् ।लडाकूहरुको समूह एलाइड डेमोक्र्याटिक फोर्स (एडीएफ) ले संयुक्त राष्ट्रसंघका शान्ति सेना र स्थानीय सुरक्षाकर्मीहरुका विरुद्धमा जुलुश निकालेका थिए ।