अन्तर्राष्ट्रिय

ब्लुमबर्गद्वारा अमेरिकी राष्ट्रपतिका लागि उम्मेदवार बन्ने औपचारिक घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपतिका का लागि उम्मेदवारी दिने क्रममा अर्बपति माइकल ब्लुमबर्गले पनि उम्मेदवारी दिने औपचारिक निर्णय गरेका छन् । न्युयोर्क सिटीका पूर्व मेयरसमेत रहेका ब्लुमबर्ग डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा औपचारिक रुपमा सामेल भएका हुन् ।

उनि अमेरिकी धनाढ्यको सूचिमा आठौँ नम्बरमा पर्दछन् । आर्थिक पत्रिका फोक्र्सका अनुसार उनको सम्पती ५४।४ बिलियन अमेरिकी डलर रहेको छ । उम्मेवारी घोषणाका लागि जारी वक्तव्यमा ब्लुमबर्गले ‘डोनाल्ड ट्रम्पलाई पराजित गर्न र अमेरिका पुननिर्माणमा लागि’ आफ्नो उम्मेदवारी रहने उल्लेख गरेका छन् ।

पचास अर्बभन्दा बढी अमेरिकी डलर का मालिक ७७ वर्षका ब्लुमबर्गले अमेरिकाको पुनःनिर्माण र ट्रम्पको पराजयका लागि निर्वाचनमा जाने निर्णय लिएको बताए। उनको उम्मेदवारी को घोषणा अमेरिकामा पहिलो प्राथमिक मतदानभन्दा तीन महिना पहिले भएको हो ।

उनले भने, “हामीले निर्वाचन कुनै पनि हालतमा जित्नुपर्छ ।” यद्यपि राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिकका तर्फबाट उम्मेदवारी पाउन उनले उक्त दलका डेढ दर्जन नेताहरूलाई जित्नुपर्नेछ ।

तर उनलाई अहिलेसम्ममा उम्मेदवारीका लागि डेमोक्रेटिकका नेताहरू, पूर्व उपराष्ट्रपति जो बाइडेन, सिनेटर एलिजाबेथ वारेन र बर्नी सान्डर्स तथा मेयर पिट बुट्जजको चुनौति प्रमुख रहेको देखिन्छ । उम्मेदवारीको घोषणा गर्दै ब्लुमबर्गले अमेरिकी राष्ट्रपति (रिपब्लिकन नेता) ट्रम्पलाई हराउन डेमोक्रेटिकबाट आकांक्षी रहेका उम्मेदवारहरू आवश्यकता जत्तिकै बलियो नरहेको बताए ।

सन् २००१ मा न्युयोर्कको मेयर भएका ब्लुमबर्गले लगातार तीन कार्यकाल ९१२ बर्ष० मेयर बन्नुभएको थियो ।