राजनीति

अलोकप्रिय बन्दैगएको ओली सरकारलाई मतदान गरेर मतको दुरुपयोग नगर्न नेता सिँहको अपील

पोखरा । पोखराको रानिपौवामा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभामा बोल्दै कांग्रेस नेता प्रकाश मान सिँहले मँसिर १४ को निर्वाचन सरकारको कमिकम्जोरी मापन गर्ने मिनि जन्मत संग्रह भएको बताएका छन् ।

दिनानुदिन सरकार अलोकप्रिय बन्दैगएको, भ्रष्टाचार र असुरक्षा बढ्दै गएकाले सरकारलाइ नसच्चिएका कारण जनताले दरिलो जवाफ दिने अवसर भएकाले मतदानको सहि सदुपयोग गर्न समेत अपिल गरेका छन्। सरकार काम गर्ने भन्दापनि असंवैधानिक गतिबिधिमा लिप्त रहेकाले अब सरकार बाट मुलुकको सम्बृद्धि को अपेक्षा गर्न नसकिने भएकाले सरकारलाई संच्याउन अवसरका रुपमा लिन समेत मदतदाता हरुलाई आग्रह गरेका छन् ।

सिमा सुरक्षा गर्न समेत उदासिन रहने सरकारले केही मन्त्री फेर्दैमा केही तात्विक फरक नपर्ने भएकाले नेत्त्रित्वन परिवर्तन बिना मुलुकको प्रगति हुन नसक्ने बताएका छन्। सबै परिवर्तनको अगुवाइ गरेको कांग्रेसलाई अवसर नदिएर कम्युनिष्टहरुलाई एक पटक हेरौ न त भन्दा मुलुको अर्थतन्त्र तहसनहस भएकाले अब मतदाताले बुझेकाले अब पनि गल्ती गर्न नहुने बताएका छन् । जनमतको कदर गर्न नसकने गरेका प्रतिबद्धता पूरा गर्न नसक्ने हरुबाट थप आसा गर्नु मुर्खता मात्र हुने बताएका छन् । मुलुकका तमाम समस्याको समाधान खोज्न अब कांग्रेसलाई फेरि पनि बिस्वास गर्न अपिल गरेका छन् ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले, ‘हाम्रो शत्रु नेकपा होइन, राप्रपा होइन, नेपाल समाजवादी पार्टी पनि होइन। हाम्रो शत्रु भ्रष्टाचार हो, बलत्कार हो, हिंसा र हत्या हो, लम्पसरवादी प्रबृत्ति हो।’ भनेका थिए । गुरुगँले कास्की २ का उम्मेद्वार काँग्रेसकै अग्रज भएको भन्दै उहाँलाई मतदान गर्दा खेर नजाने दाबी गरेका थिए ।

कामर्यक्रममा नेता भीमसेनदास प्रधान, यज्ञबहादुर थापा लगायतका नेताहरुले बालेका थिए ।