समाचार

सरकार नछाडेसम्म उपेन्द्र यादबसंग एकताबारे कुरा गर्न पनि गर्न सकिँदैनः राजेन्द्र महतो

इनरुवा । राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका संयोजक राजेन्द्र मेहताले सरकार न छोडसम्म समाजवादी पार्टीसँग एकता नहुने बताएका छन् । उनले सरकार नछाडेसम्म एकताका कुरा गर्न पनि नसकिने नेता महतोले कडा प्रतिकृया दिएका छन् ।

सुनसरी सदरमुकाम इनरुवामा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिले देशमा पहिचानवादी शक्तिबीच एकताको आवश्यकता रहेको बताए।

संयोजक महतोले भने, “पहिचानवादी शक्तिबीचको एकताको आवश्यकता महसुस गरेर आफूहरु समाजवादी पार्टीसँग एकताको प्रयास गरेको र सो पार्टी जबसम्म सरकारबाट बाहिर निस्कँदैन तबसम्म एकता सम्भव हुँदैन ।”

अहिले देशमा राष्ट्रिय आन्दोलनको आवश्यकता भएकाले सबै पहिचानवादी शक्ति एक भएर आन्दोलन गर्नुको विकल्प नरहेको उल्लेख गर्दै उनले समाजवादी पार्टी सरकारबाट बाहिरिए राजपा सरकारमा जाने त्रासका कारण उपेन्द्र यादवले मन्त्री पद नछोडेको आरोप लगाए ।

उनले कुनैपनि हालतमा राजपा अहिले सरकारमा नजाने दाबी गरे ।