आर्थिक

सिभिल क्यापिल मार्केटको प्रमुख कार्यकारीमा ढुंगेल

काठमाडौं । सिभिल क्यापिल मार्केट लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा झनक राज ढुङ्गेल नियुक्त भएका छन् । झनक राज ढुङ्गेल नेपालको बैंकिङ्ग तथा वित्तिय क्षेत्रमा विगत २५ बर्ष देखि सकृय थिए । ढुंगेल ८ बर्ष विभिन्न क्यापिल मार्केट क्षेत्रमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निभाई सकेका छन् ।

सिभिल क्यापिल मार्केटको व्यवस्थापनको नयाँ नेतृत्वले संस्थाको कार्यशैलीमा सुधार गर्दै ग्राहक वर्गलाइ नवीनतम सेवा तथा सुविधाहरु प्रदानगर्ने प्रतिवद्घता नवनियूक्त प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेलले बताए ।