राजनीति

दाङ पुगेर देउवा जंगिएः कम्युनिष्ट अराष्ट्रिय तत्व हुन्, उनीहरुबाट राष्ट्रियता बलियो हुने कल्पना पनि गर्नुहुन्न

दाङ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टहरु सिद्धान्ततः अराष्ट्रिय तत्व भएको ठोकुवा गरेका छन् । आज सम्पनन भएको दाङको सभामा बोल्दै यसैले अराष्ट्रिय तत्ववाट नेपालको राष्ट्रियता कदापि बलियो हुदैन भन्ने आफ्नो दृढ विचार रहेको दाबी सभापति देउवाको छ ।

केहीदिनदेखी धरान, पोखरा, बाग्लुङ लगायतका चुनावी अभियानमा निस्किएका सभापति देउवाले आज अझ आक्रमक शैलीमा प्रश्तुत हुंदै भने, ‘गलत प्रचार र झुटको राजनीति नेपालका कम्युनिस्टको खेतीनै भएको छ।’ उनले कम्युनिस्टहरुको असली रुप र चरीत्र नेपाली जनताले बुझिसके अव नक्कली राष्ट्रवादको आवरणमा नेपालको राष्ट्रिय स्वाभिमान र जनताको भबिस्यमाथिको खेलवाड बन्द गर्न चेतावनीपूर्ण रुपमा आग्रह गरेका छन् ।

समुन्नत र सबल नेपालको निर्माण गर्न गौरवमय इतिहास बोकेको नेपाली काँग्रेसको विकल्व नभएके सभापति देउवाको ठहर छ । सभापति देउवाले हिजोमात्र सालापानी, लिपुलेक र लिम्पियाधुरामाथी भारतको अतिक्रमण प्रधानमन्त्री केपी शर्मा ओलीसंगको सहमतीमा भएको भनेका थिए । नेकपाका नेताहरुले सभापति देउवाको उक्त भनाईप्रति आक्रमक रुपमा बिरोध जनाईरहेका भएपनि आज सभापति देउवाले उल्टै त्यो भन्दापनि बलियो बौद्धि आरोप नेकपा लगायतका कम्युष्टिमाथी लगाएका छन् ।

सभापति देउवाले तीन करोड नेपाली जनताले भारतले नक्सा सार्बजनिक गर्दै नेपालको भूमी मिचेको फिर्ता गर्न माग गरेपनि यत्तिका बिरोध हुँदा ओली नबोल्नु लज्जास्पद भएको टिप्पणी गरेका थिए । कार्यक्रममा बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शसाँक कोईराला, नेता कृष्ण प्रसाद सिटौला, सहमहामन्त्री डा प्रकाश सरण महत, डा रामशरण महत लगातयते कम्युनिष्ट सरकारको आलोचना गरेका थिए ।