पर्यटन/संस्कृति

मन्त्री भट्टराईले नियुक्र गरे पशुपति क्षेत्र सञ्चालक परिषद्मा तीन सदस्य

काठमाडौं । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्यमा तीन जना सदस्य मनोनीत भएका छन् । कोष सञ्चालक परिषद् अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीको मन्त्रीस्तरीय निर्णयअनुसार संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोला, विश्वकरण जैन र आशा पाण्डे सदस्य पदमा मनोनीत भएका हुन् ।

बाँस्तोला गत साउन ६ गते संस्कृति मन्त्रालयको समेत कार्यभार प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हाल्नुभएका बेला सदस्य पदमा मनोनीत भएका हुन् । यसैगरी जैन र पाण्डे योगेश भट्टराई मन्त्रीभएपछि मङ्सिर ६ गते नियुक्तभएको पत्र प्राप्त भएको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिए। पशुपति क्षेत्र विकास कोष ऐन २०४४ (संशोधनसहित) अनुसार नियुक्त तीनै जना सदस्यको पदावधि चार वर्षको हुनेछ ।