बाग्मती

दलित पत्रकार सङ्घ काठमाडौँ उपत्यका, उपाध्यक्षमा विक चयन

काठमाडौँ – राष्ट्रिय दलित पत्रकार संघ नेपालको काठमाडौँ उपत्यका कमिटीको अध्यक्षमा राष्ट्रिय समाचार समितिका सुशील दर्नाललाई चयन गरेको छ भने कान्तिपथ डटकमका पत्रकार गणेश विकलाई उपाध्यक्षमा चयन गरिएको हो ।

कोषाध्यक्षमा सुशीला विश्वकर्मा तथा सदस्यहरुमा पवन बराइली, देवेन्द्र रसाइली, शोभा नेपाली, वीरेन्द्र जैरु, अर्जुनसिंह भुल, मुकेश रोक्का र अनिल सुनाम परियारलाई चयन गरिएको छ । त्यसैगरी भेलाले सङ्घको प्रदेश नं ३ को अध्यक्षमा गोरखापत्र दैनिकका सिन्धुपाल्चोक संवाददाता चित्र मिजारलाई चयन गरेको छ ।

उपाध्यक्षमा कमल विश्वकर्मा (मकवानपुर) , सचिवमा वसन्त परियार ९धादिङ०, सहसचिव सरोज उपरकोटी (चितवन) र कोषाध्यक्षमा शर्मिला विश्वकर्मा ९काठमाडौँ०लाई चयन गरिएको छ । सदस्यमा भोजराज विश्वकर्मा, सीताराम बयलकोटी, विश्वास नेपाली, रामचन्द्र रम्तेल, गम्भीर विक, सङ्गम दर्जी, सुशीला विक, अशोक परियार, सन्दीप सुन्दास, निर्मला नेपाली र श्याम रोक्का चयन हुनुभएको छ ।

राष्ट्रिय दलिल पत्रकार सङ्घ, नेपालका अध्यक्ष विनोद पहाडीले दलित समुदायका पत्रकारलाई सङ्गठित गर्दै उनीहरुको अधिकारका लागि २०६७ मा संस्था स्थापना गरिएको जानकारी दिनुभयो ।