राजनीति

ओली सरकारले आधुनिक राणाशासन ल्याउन खोज्यो, जुन असम्भव छः नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान ओली सरकारले मुलुकमा राणा शासन ल्याउन लागेको बताएका छन् । दाङको तुलसिपुसरमा रिपोर्टस क्लबद्वारा आयोजित सात्क्षात्कार कार्यक्रममा वरिष्ठ नेता पौडेलले सामन्ति राणा शाहिका आधुनिक संस्करणहरु तिनको बाटोमा हिँडेर सरकारले देशलाई त्यहि बाटोमा लैजान खोजको भएपनि त्यो असम्भव भएको बताएका छन् ।

एक पछि अर्काे गर्दै लोकतन्त्रका मुल्य मान्यतालाई र जनआन्दोलनका सबै चाहना जनभावनालाई उल्ट्याउँदै गएको बताए । ठुलो लडाँई लडेर नेपालम ल्याएको लोकतान्त्रीक गणतन्त्रलाई उल्टोबाटोतिर लैजान लागेको उनको भनाई छ । साथै सरकारले राणावादको पदलाई पक्षाउँदै वंस र नाताबादको थापनामा लागेको नेता पौडेको भनाई छ ।

अहिलेको सत्तााधारि कुनै पनि विचार सिद्धान्त, आर्दश र निष्ठा केहि नभएको जमात भएको बताउँदै त्यस्को बिरोधमा नेपाली कांग्रेसले संधै आवाज उठाउने बताएका छन् । सरकारले जनालाई चुनावमा  सपना, आशा बाँडेर सत्तामा पुगेको र त्यो आज झुठो सावित भएको बताए ।

उनले एउटा पनि राम्रो काम नगरेको सरकारले आफनो पार्टीले गरेका कामको कामहरुको उद्घाटन गर्दै आफनो पार्टि लाई गाली गर्दै हिँडेको आरोप लगाएका छन् । सरकारले कुनै नयाँ योजना वा विकाश गर्न नसककेको उनको ठोकुवा छ ।

रसाथै युवा रोजगारीको कुनै प्रवन्ध गर्न नसकेको बताउँदै हरेक ठाउँमा आफना कार्यकर्ता परिचालन गरेर आफ्नो सरकारले जम्मा गरिदिएको पैसा बाँडेको बताएका छन् । साथै सरकारकोे उक्त कार्यको आफनो पार्टिले बिरोध गर्ने उनको भनाई छ । 

साथै फरक प्रसंगमा भारतले नेपाली भुमि गाभेर जारी गरेको नक्सामा कुटनीतिक समाभान नगरेर बाहिर– बाहिर हल्लामात्रै गर्दै हिँडेको  बताए । भित्र कुटनीतिक टेवलमा बोल्ने सरकारको क्षमता नभएको उनको भनाई छ ।