पर्यटन/संस्कृति

बालाचतुर्दशी आजः पशुपतिमा शतबीज छर्ने भक्तजनको घुँईचो

काठमाडौं । आज बालाचतुर्दशी, दिवंगत पितृका नाममा शतबीज छरेर मनाइदै छ । उक्त अबशरमा राजधानिमा रहेको पशुपतिनाथ मन्दिरमा बिहौदेखी लाखौंको सङ्ख्या सतबिज छर्ने भक्तजनहरुको घुँईचो लागेको छ ।

हिजो (आईतबार) बेलुका भक्तजनहरुले दिवंग पितृका नाममा दीपदान गरेका थिए । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीको बिहान शतबीज छर्ने हिन्दु परम्परा छ । प्रत्येक वर्ष बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउँछन् ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।

बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिर वरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् ।

शतबीज भनिए पनि हाल सप्तबीज धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्याईउन आग्रह गरिन्छ ।

मातापिता दिवङ्गत भएको एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रूपमा दीपदान एवं शतबीज रोपण गर्नु नहुने बताइन्छ।