अन्तर्राष्ट्रिय

‘वेपत्ता’ भनिएका नितिन पवारद्वारा भिडियोमार्फत आफू सकुशल रहेको जानकारी

एजेन्सी । राष्ट्रिवादी काङ्ग्रेसका नेता नितिन पवारले सामाजिक सञ्जालमार्फत् एक भिडियो पोस्ट गर्दै आफू सकुशल रहेको बताए । उनले आफन्त, शुभेच्छुक र परिवारलाई आफ्नो बारेमा कुनै चिन्ता नलिन उक्त भिडियोमा अनुरोध गरेका छन् ।

उहाँको परिवारले शनिबार पार्टी बैठकका लागि भन्दै घरबाट निस्केका पवार परिवारको सम्पर्कमा नआएको भन्दै महाराष्ट्रको पञ्चावती प्रहरी स्टेसनमा छोराले खोजीका लागि निवदन दिएका थिए । डियोमा भनिएको छ, “मेरो परिवार र शुभेच्छुकलाई मेरो बारेमा कुनै चिन्ता नलिन आग्रह गर्दछु ।

म सरद पवार, अजित पावर र छगन भुजबलको साथमा छु ।”“मेरो बारेमा परिवार र आफन्तले अन्यथा सोच्नु पर्दैन,” भिडियोमा भनिएको छ । नितिनले महाराष्ट्रको काल्वन निर्वाचन क्षेत्रबाट विधान सभामा निर्वाचित हुनुभएको थियो ।

महाराष्ट्रका राज्यपाल भगत सिंह कोश्यारीले शनिबार बिहानै भाजपाका देवेन्द्र फडणवीसलाई राज्यको मुख्यमन्त्री तथा राष्ट्रवादी कांग्रेस पार्टी (एनसिपी) का अजित पवारलाई उपमुख्यमन्त्रीको शपथ दिलाएपछि देखिएको फरक राजनीतिक सन्दर्भ र विधानसभामा नेतृत्व गर्ने नितिन परिवारको सम्पर्कभन्दा बाहिर भएपछि नितिनका छोराले आफ्ना पितालाई खोज्न निवेदन दिएका थिए ।

महाराष्ट्रमा भारतीय काङ्ग्रेस (काँग्रेस–आई), शिवसेना र राष्ट्रवादी काङ्ग्रेसको गठबन्धन सरकार बन्ने हल्ला चलिरहेका समय राष्ट्रवादीका केही नेताले अजित पवारलाई उपमुख्यमन्त्रीमा पठाएका थिए । अजितले उपमुख्यमन्त्रीमा पद तथा गोपनियताको सपथ खाइसकेका छन् ।

तर सपथ लगत्तै राष्ट्रवादी कांग्रेस पार्टीका अध्यक्ष शरद पवारले भाजपालाई सरकार बनाउन समर्थन दिने निर्णय पार्टीको नभई अजित पवारको व्यक्तिगत फैसला रहेको बताए ।