राजनीति

ओलीले अहिले जस्तै गरी सरकार चलाईरहे मुलुक तीन बर्षमा पूर्ण रुपमा खतराः बरिष्ठ नेता पौडेल

बागलुङ । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले प्रजातन्त्रलाई खतरामा पार्न खोजेको आरोप लगाएका छन् । काँग्रेसले आज बागलुङको निसीखोलामा आयोजना गरेको चुनावीसभामा बोल्दै उक्त कुरा बताएका हुन् ।

नेता पौडेलले भने, “सरकार राम्राभन्दा पनि नराम्रा काम गर्दै गएको छ” । नेता पौडेलले भने, “यस्तै चालले अबको तीन वर्षमा देश पूर्ण खतरामा जाने सङ्केत देखिएको छ ।” उनले भारतसँगको सीमा विवादलाई सङ्केत गर्दै गाउँगाउँमा सरकारको विरोध भइरहेको भन्दै अबको दिनमा सरकार नेतृत्वले कूटनीतिक क्षमता प्रर्दशन गर्न सक्नुपर्ने खुलस्त विचार राखेका छन् ।

कार्यक्रममा सभापति शेरबहादुर देउवा, काँग्रेस महामन्त्री डा सशाङ्क कोइरालाले आफ्ना उम्मेदवारलाई जिताए मात्र गाउँ समाजमा समृद्धि आउने बताए । चुनावीसभामा काँग्रेसका युवा नेता गगन थापा, प्रदीप पौडेललगायतले बोलेका थिए ।