समाचार

यातायात कार्यालय एकान्तकुनाका उपसचिव र डीएसपीसहित यातायातका ३८ कर्मचारीविरुद्ध मुद्दा दायर

८ मंसिर, काठमाडौं । यातायात व्यवस्था कार्यालय, एकान्तकुनाका तत्कालीन प्रमुख उपसचिव आनन्द केशरी पोखरेलसहित ३८ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले फेल भएका व्यक्तिलाई पास बनाएको आरोपमा पोखरेलसहित ३८ जनाविरुद्ध मुद्दा दर्ता गएको छ ।

पोखरेलसहित प्रहरी निरीक्षक मुरारी मिश्र, तत्कालीन प्रहरी निरीक्षक हाल नायब उपरीक्षक नवराज थापा, शाखा अधिकृत राममणि पोखरेल, ईश्वरराज रेग्मी, शम्भुप्रसाद थपलिया, तत्कालीन शाखा अधिकृत हाल उपसचिव धर्मराज ढुंगाना र बाबुराम रेग्मीले २०६९ वैशाख, जेठ र असारमा प्रयोगात्मक परीक्षामा फेला भएका १२८४ जनालाई उत्तीर्ण बनाएको अख्तियारको दाबी छ ।