आर्थिक

झापाको भृकुटीमा सनराइज बैंकको ३९ औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा

झापा । सन्राइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नं २,मा ३९औं शाखारहित बैंकिङ्ग सेवाको विस्तार गरेको छ ।

ज्येष्ठ नागरिक सेवा समितीको अध्यक्ष ठाकुर प्रसाद शिवाकोटी र बैंकको प्रादेशिककार्यालय १ का सदस्य पुर्ण बहादुर थापाले एक समारोहका बीच मेचीनगरमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका हुन् । सो समारोहमाब ठाकुर प्रसाद शिवाकोटी र श्री पुर्ण बहादुर थापाले शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि दिलबहादुर कार्कीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । हालसम्म बैंकले वटा १२४ शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा ए.टि.एम मार्फत आफ्ना करीब ६ लाख ग्राहकहरुलाई सेवा प्रदानगर्दै आइरहेको छ ।