आर्थिक

एनआईसी बैंकको शाखारहित बैंकिङ्ग सेवा संचालनमा

रुपन्देही । रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं.१३, ओडवलियामा एनआईसी एशिया बैंकले आफ्नो ४३औं शाखारहित बैंकिङ्ग सेवा मंसीर ६ गतेबाट संचालनमा ल्याएको छ ।

बैंकले संचालनमा ल्याएको ओडवलिया शाखारहित बैंकिङ् सेवाको समुद्घाटन लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर श्री मनमोहन चौधरीको उपस्थितिमा भएको थियो । उक्त शाखारहित बैंकिङ् सेवाको प्रतिनिधिको रुपमा श्री अजय सिहं क्षेत्रीलाई नियुक्त गरिएको छ ।