साहित्य

साहित्य सन्ध्यामा भारतले गरेको सीमा अतिक्रमण

काठमाडौँ । साहित्य सन्ध्याको ४०१औँ मासिक शृङ्खलमा शनिबार ‘सीमा अतिक्रमण, सीमासुरक्षा र हाम्रो दायित्व’ विषयक बहससहित सीमा अतिक्रमणसम्बन्धी रचना वाचन गरिएको छ ।

वरिष्ठ पत्रकार एवं राससका पूर्वप्रमुख समाचारदाता भैरव रिसालले आफू २०१८ सालमा जनगणना अधिकृत भई नेपाली भूमि लिम्पियाधुरा पुगेको स्मरण गर्दै कालापानी र लिपुलेक लिम्पियाधुराअन्तर्गतकै भूभाग भएको बताए । सुगौली सन्धिमा काली नदीको उद्गमस्थल उल्लेख गरिदिएको भए अहिले समस्या नहुने भन्दै उनले भारतले अर्को कृत्रिम लिपुखोला तयार पारी अहिले विवाद खडा गरेको जिकिर गरे ।

गोष्ठीमा डम्बर पहाडी, मुकुन्द न्यौपाने, भोलानाथ सुवेदी, रमेश पोखरेल, प्रमोद स्नेही, नेत्रप्रसाद गौतम, नर्मदेश्वरी सत्याल, जयन्ती स्पन्दन, प्रशान्त खरेल, राम विनय, दुर्गा रिमाल, रामचन्द्र दाहाल, अनिता लामा, भावना न्यौपाने, ललिता दोषी, नन्दु उप्रेती, डा गोविन्दप्रसाद आचार्य, बेनीबहादुर थापा, अच्युत घिमिरे, विधान आचार्य, सरस्वती चिमौरिया, यदुनाथ वसन्तपुरे, चूडा निर्भिक, राममणि ढुङ्गेल, प्रा डा खेम दाहाल, नारायणप्रसाद निरौला, उर्मिला पन्त पाण्डेय, सीताराम नेपाल, मिसन अधिकारी, सन्तोष सिंखडा र सुनिल पौड्यालले आ–आफ्ना कविता, गीत, गजल र हाइकु वाचन गरेका थिए । सन्ध्याका अध्यक्ष राम विनयले अहिले छिमेकीले सीमा अतिक्रमण गरेको बेला स्रष्टा मौन बस्न नसक्ने बताए ।