मनोरञ्जन

यि ह्याण्डसमसँग रोमान्समा लिप्त अवस्थामा भेटीइन् नायिका केकी अधिकारी

काठमाडौं । चर्चित नायिका केकी अधिकारी पछिल्लो समय चलचित्रका अलावा म्यूजिक भिडियोमा पनि निकै ब्यस्त छिन् । लामो समयदेखि म्यूजिक भिडियोमा एकछत्र राज गरेकी यि सुन्दरीको नयाँ गीत ‘२४ घण्टै’ सार्वजनिक भएसँगै यसको चर्चा चुलीएको छ ।

गायक ईश्वर पोखरेल र मेलिना राईको स्वरमा सजिएको ‘२४ घण्टै’ बोलको गीतको भिडियोमा सुन्दरी केकीसँग सुरज पौडेलले अभिनय गरेका छन्। एकनारायण भण्डारीको शब्द र संगीतमा रहेको गीतको एरेन्ज कृष्ण विकेले गरेका हुन्। भिडियो अप्सन मिडिया एण्ड इन्टरटेनमेन्टले निर्माण गरेको हो ।