राजनीति

कांग्रेस जे बोल्छ त्यही गर्छ, जे गर्छ त्यो बोल्छ, कम्युनिष्ट जस्तो झुट बोल्दैनः नेता कार्की

धरान । गत २०७४ सालको निर्वाचनमा धरान लगाएत देशभरका अधिकांस ठाउमा नेपाली कांग्रेसले हारे पनि जनतालाई कुनै पनि बहानामा हार्न नदिएको पुर्व अर्थ मन्त्रि एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले बताएका छन् । उनले कांग्रेस जे बोल्छ त्यही गर्छ कम्युनिष्ट जस्तो कुरा मात्रगर्ने पार्टी नभएको दाबी पनि गरे।

मंसिर १४ गते धरानउपमहानगरको उपनिर्वाचनका सन्दर्भमा नेपालीकांग्रेसले धरान–२० बिष्णुपादुकाको सुहारामा आयोजना गरेको कोण सभामा बोल्दै पुर्व अर्थमन्त्री समेत रहेका कार्कीले नेपाली कांग्रेस सबै जाति, धर्मको साझाथलो भएको बताए । उनले भने नेपाली कांग्रेस सबै नेपालीको सामुन्तीको लागि लडेको पार्टी हो पटक पटक कम्युनिष्टले जितेको बिष्णुपादुका सम्म आइपुग्ने बाटो हेर्दा कम्युनिष्ट काम हैन कुरामात्रगर्ने पार्टी भएको स्पष्ट भएको दावि गरे । हामी नेपाली कांग्रेस हारे पनिबिकासकाकामहरु सत्ताबाहिर बसेर पनिगरि रहेका छौ ।” अब तपाईहरुले धरानमा तिलक राईको जिताएर पठाउनुहोस बिष्णुपादुकामा स्तरिय सडक र अन्य बिकासका पुर्वधारहरु ल्याउने जिम्मा मेरो भयो“ उनले भने ।

सोहि कोण सभामाबोल्दै नेपाली कांग्रेसका जिल्ला सदस्य पदम लिम्बुले कांग्रेसले हार्दाहार्दै पनि बिष्णुपादुकालाई मायागर्न नछोडेको बताए । बिष्णुपादुकामा टावर र सर्दुमापुल नेपाली कांग्रेसको नेत्रित्वमा आएकाले तिलक राईलाई भोट दिएर स्थानिय बिकासको ढोका खोल्न आव्हान समेत गरे । त्यस्तै कांग्रेसका स्थानिय नेता अरुण कट्वालले कम्युनिष्टले जिते पछि फर्केर नआएको आरोप लगाए । धेरै पटक कम्युनिष्टलाई जिताउनु भयो अब कांग्रेसका तिलक राईलाई भोट लगाएरै आफैंले आफैलाई जिताउन उनले आग्रह पनि गरे।

धरानका कांग्रेसका नेता अजय राईले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता वडा नं २० नेपाली कांग्रेसका सभापति राज कुमार तामाङ रहेका थिए ।