लुम्बिनी

‘मेरो देश’ कविता सङ्ग्रहको समीक्षा

बुटबल । साहित्यकार टङ्कनाथ ज्ञवालीद्वारा लिखित कविता सङ्ग्रह ‘मेरो देश’ माथि आज बुटवलमा समीक्षा गरिएको छ । लुम्बिनी वाङ्मय प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा साहित्यकारहरुले पुस्तकका कविताहरु मर्मस्पर्शी र देशप्रतिको प्रेमभावयुक्त भएको बताए।

प्रतिष्ठानका केन्द्रीय अध्यक्ष हिमलाल ज्ञवालीले स्रष्टाका सृजना देशको हितमा हुनुपर्ने बताउँदै “सृजनाले पाठकको मन छुनुपर्छ, जनजिब्रोमा झुण्डिने हुनुपर्छ” भने ।

साहित्यकार राजेन्द्रकुमार आचार्य र कविराज पौडेलले सरल र सशक्त बिम्बको प्रयोगले कविता सङ्ग्रहलाई बलियो बनाएको बताए ।

कविता सङ्ग्रहमा मेरो देश, कुमारीको गुनासो, मेरो प्यारो घर, धर्तीको अर्ति, नारीलगायत ३७ कविता सङ्ग्रहित छ ।