राजनीति

देउवाको ठोकुवाः प्रधानमन्त्री ओलीकै सहमतीमा भारतले नेपालको भूमी मिच्यो

पोखरा । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीतिर भारतले कालापानी, लिपुलेक र लिम्पिीयाधुरा मिच्दा एकरतीपनि नबोलेकोमा तीब्र आक्रोस पोखेका छन् । सभापति देउवाले पोखरामा आजोजीत आजको चुनावी सभामा बोल्दै भनेका छन्, ‘भारतले नेपाली सिमा मिच्दा प्रधानमन्त्रीजी किन चुप हुनुहुन्छ ? कतै प्रधानमन्त्री ओलीजीकै सहमतिमा भारतले नयाँ नक्सा जारी गरेको त होईन’

उनले भने, ‘सरकारको काम जनताले थेग्नै नसक्नेगरी अनावश्यक कर उठाउने, पाइला पाइलामा भ्रष्टाचार बढाउने र संविधान विपरित काम गरेर लोकतन्त्रलाई कमजोर गराउने भएको छ।

कास्की–२ का नेपाली कांग्रेसका उम्मेदबार खेमराज पौडेलजी ६० बर्षदेखि तपाईहरुको सुःख दुःखमा साथसाथ हुनुहुन्छ । उहाँको जीवनशैली मैलेभन्दा बढि तपाईहरुले बुझ्नु भएको छ। मलाई विश्वास छ अव यो चुनावमा तपाईहरुको साथ खेमराजजीलाई हुनेछ।

यो चुनाव सरकार बदल्ने त होईन, तर सरकारको गलत कामको खवरदारी गर्ने चुनाव हो। त्यसैले तपाईहरुले खेमराजजीलाई मत दिएर सरकारलाई खवरदारी गर्नुहुनेछ। सभापति देउवाले पोखरेली जनतासाग आग्रह गरेका छन् ।’

कार्यक्रममा बरिष्ठ नेता पौडेल महामन्त्री डा शसाँक कोईराला, केन्द्रीय सदस्य डा रामशरण महत लगायतका नेताहरुले काँग्रेसलाई विजय नगराए मुलुले अझै ठूलो समस्या झेल्ने बताएका थिए ।