समाचार

सीमा विवाद अन्त्य गर्न ओलीले मोदीलाई पत्र लेखोस्ः अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपाल भारत सिमा विबाद समाधानका लागि वार्ता गर्न भारतलाई तत्काल पत्र पठाउनु पर्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत अध्यक्ष थापाले कालापानी, लिपुलेक अतिक्रमणवारे अहिले सम्म नेपाल सरकारले भारतलाई “औपचारिक पत्र”पठाएको वा त्यसवारे भारतीय राजदुतलाई बोलाएर बिरोध जनाएको नदेखिएको बताए ।

साथै उनले उक्त विषयमा चर्को भाषण गरेर, विज्ञप्ति निकालेर मात्र जनताको आंखामा छारो हाल्ने काम नर्गन सरकारलाई आग्रह गरेका छन् ।

 

उनको ट्वीटरः कालापानी,लिपुलेक अतिक्रमणवारे अहिले सम्म नेपाल सरकारले भारतलाई “औपचारिक पत्र”पठाएको वा त्यसवारे भारतीय राजदुतलाई बोलाएर बिरोध जनाएको देखिएन । चर्को भाषण गरेर,विज्ञप्ति निकालेर मात्र जनताको आंखामा छारो हाल्ने काम नहोस् । यसवारे वार्तागर्न भारतलाई तत्काल औपचारिक पत्र पठाईयोस्  ।