राजनीति

काँग्रेसले जसरीपनि जित्नैपर्छ, बुथ कब्जा गर्ने प्रयास भए तरुण दलले प्रतिकार गर्छः अध्यक्ष बस्नेत

पोखरा । नेपाली काँग्रेसको शसक्त भातृसंस्था नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले भारत वा चीनबाटबाट राजनीतिक वा कुनैपनि अतिक्रमणको बिषयमा केपी ओलीले नबोलेको स्मरण गरेका छन् । अध्यक्ष बस्नेतले केपी ओलीले लिपुलेक, लिम्पीयाधुरा र कालापानीको बिषयमा काँग्रेसले स्पष्ट गरेको भन्दै सरकारले सीमाना मिचिने कुरालाई झिनामसिना भनेर टार्नखोज्नु कत्तिको जायज हो नेपाली जनताले मूल्याँकन गर्नेबेला आएको बताए ।

उनले नेपाली काँग्रेसले सबै जातजाती, क्षेत्र र भाषाका जनतालाई सम्मान गर्दै देश र जनतालाई धनी बनाउने लाईनमा भएको बताएका छन् । राष्ट्रपति बिद्यादेवी भण्डारीले नेकपाको नेताको हैशयतमा काम गर्न थालेको बताउँदै राष्ट्रपतिले पछिल्लो समय प्रधानमन्त्रीले प्रयोग गर्ने अधिकार प्रयोग गर्न लागेको बताए ।

नेपाली काँग्रेसले जित्दा आकास नखस्ने भन्दै नेपाली जनतालाई कम्युनिष्ट र काँग्रेसको सरकारलाई तुलनातमक रुपमा भूल्याँकन गर्न अध्यक्ष बस्नेतले आग्रह गरेका छन् । २००६ सालमा जन्मेका कम्युनिष्टले ७ सालमा राणालाई सहयोग गरे, २०३६ सालमा पञ्चेसँग साँठगाँठ गरे, केपी ओली झापाबाट जन्मदा काँग्रेसलाई घाँटी रेटेर मारेको, पुष्पकमल दहालले १७ हजार मान्छेलाई मारेको इतिहास ताजै छ । अध्यक्ष बस्नेतले आग्रह गर्दै काँग्रेस जन्माउने वीपी कोईराला, कृष्ण प्रसाद भट्टराई, गिरिजा प्रसाद कोईराला, गणेशमान सिंह, शुसील कोइराला अहिह्सात्मक आन्दोलनलाई हेर्न नेपाली जनतालाई भनेका छन् ।

२००७ सालमा संबिधान दिने पार्टी काँग्रेस भएको जिकिर गर्दै शुसील कोईरालाले बनाएको संबिधान कार्यन्वयन सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्ती हुँदा स्थानीय तह, प्रदेश र प्रदेश सभा निर्बाचन गराएर संबिधान कार्यान्वयन गराएको बताए । ०६४ सालमा गिरिजा प्रसाद कोईरालाले गणतन्त्र ल्याएको बताउँदै माधव नेपाल, प्रचण्ड, डा बाबुराम भट्टराई, झलनाथ खनाल प्रधानमन्त्री बन्दापनि न संबिधान बन्यो न संबिधान कार्यन्वयन भयो ? न समृद्ध नेपाल निर्माण भयो ? उनले प्रश्न गरेका छन् । देश विकास गर्ने हो भने काँग्रेसले सहयोग गर्ने बताउँदै केपी ओलीले लोकतन्त्र सिध्याउन लागि परेकोले काँग्रेसले गर्ने आन्दोलन लोकतन्त्र, नेपाली जनताको अधिकारका लागि, मानव अधिकारका लागि, प्रेश स्वतन्त्रताका लागि आफूहरु रगतको खोलो बगाउन तयार रहेको बताए ।

निर्मला पन्तको बलात्कार र हत्या हुँदा गृहमन्त्री रामबहादुर थापाका छोरामाथी जनताले कुरा उठाएका छन् उनीमाथी अनुसंधान गरौं भन्दा सरकारले कुरै नसुनेको, बालुवाटार काण्ड, मेलम्ची खानेपानी र प्रचण्डकी बुहारी काण्ड, ३३ केजी सुन भन्नछन् तर ३८ कुईन्टल सुनको कुरा, टेलिकम फोरजीको कुराले गर्दा सरकार जनताका अगाडी बद्नाम भएको बताए । राष्ट्र बचाउन नेपाली काँग्रेसले जित्नुपर्ने दाबी अध्यक्ष बस्नेतले गरेका छन् ।

उनले सरकार घटक दल नेकपाले प्रहरी प्रशासनलाई प्रभावमा पारेर कब्जा गरेर बुथ कब्जा गर्ने भन्ने आफूले सुनेको स्मरण गर्दै तरुण दलले कर्मचारी, प्रहरीसंग पनि जम्काभेट गर्ने बताए । कास्कीमा वा जहाँकही तरुण दलले बुथलाई राम्रोसंग हेर्ने बताउँदै बुथमा कर्मचारी र प्रहरीले कसैको भातृसंस्था भएर कब्जा गर्ने प्रयास भएमा तरुण दलले तत्काल प्रतिकार गर्ने उनले दाबी गरेका छन् । अध्यक्ष बस्नेतले कास्कीमा खेमराज पौडेललाई मतदान गर्न आग्रह गर्दै निर्बाचन भयरहित अवस्थामा शान्तीपूर्ण रुपमा सम्पन्न हुनेपर्ने विचार व्यक्त गरेका छन् ।