प्रवास

एनआरएनका अध्यक्ष पन्तको अगुवाईमा भारतले भुमि मिचेको बिरोधमा युरोपमा प्रर्दशन

काठमाडौं । भारतले नेपाली भुमि कालापानी, लिम्पियाधुरा र लिपुलेक समावेस गरी नयाँ नक्सा सार्वजनीक गरेपछि दैनिक जसो बिरोध प्रर्दशन भैरहेको छ ।

विद्यार्थि, कर्मचारी लगाएत देशभक्त नेपाली नागरिक यतिबेला आक्रोसित हुँदै मिचिएको भुमि फिर्ताको माग गर्दै विभिन्न माध्यमबाट विरोधमा उत्रिएका छन् । यस्तै मुलुक बाहिर विभिन्न देशमा वस्दै आएका नेपाली हरुले पनि भुमि फिर्ताको माग गर्दै बिरोज जनाएका छन् ।

मुलुक बाहिर रहेरपनि आफनो मुलुकको अस्मिता जोगाउनु पर्छ भन्ने भावनाका साथ भारतको उक्त कदम प्रति सबै बिरोमा छन् । यसैक्रमा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतीय अतिक्रमणविरूद्ध जर्मनिमा वस्ने नेपालीले प्रर्दशन गरेका छन् ।

 

एनआरएनका अध्यक्ष कुमार पन्तको अगुवाईमा युरोपमा वस्ने नेपालीहरुले पनि बिरोध जनाएका छन् । पन्तको अगुवाईमा जर्मनीको फ्र्यांकफर्टमा गैरआवासीय नेपाली संघ लगायत विभिन्न नेपाली संघसंगठनले एकसाथ प्रदर्शन गरेका हुन् ।