सामाजिक सञ्जाल

हैट, राष्ट्रवादको भय्राङ चढेर शासक बनेका ओली सरको मौसमी राष्ट्रवादः संग्रौला

काठमाडौं । लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले नेपाली भुमि कालापिनीमा दिल्लीको दादागिरी बढदै गएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत साहित्यकार संग्रौलाले मुलुकको सिमानामा दादागिरी झन् जब्बर हुँदैछ जाँदा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री ज्ञवाी वार्ता शुरु भयो भनेर जनतालाई ढाँट्दै हिडेको बताए ।

साथै उनले महाकालि कन्यादान पछि ओली सरकारकै शासन कालमा कालापानी मरिमेटी दान दिनलाग्या त होईन भन्दै प्रश्न गरेका छन् ?  उनले राष्ट्रबादको भर्याङ चढेर शासक बनेको प्रधानमन्त्री ओलीको मौसमी राष्ट्रवाद भएको प्रतिक्रिया दिएका छन् ।

 

उनको ट्वीटरः कालापानीमा दिल्लीको दादागिरी झन् जब्बर हुँदैछ, प्रमओली र परराष्ट्रमन्त्री ज्ञवाली वार्ता शुरू भो भनेर ढाँट्दै हिँड्या छन् । महाकालीको कन्यादान पछि ओली सरकै शासन कालमा कालापानी मारिमेटी दान दिन लाग्या होरु हैट,राष्ट्रवादको भय्राङ चढेर शासक बनेका ओली सरको मौसमी राष्ट्रवाद ।