अन्तर्राष्ट्रिय

राष्ट्रपति सी चिनफिङ र अमेरिकी पूर्व विदेशमन्त्रीबीच भेटवार्ता

एजेन्सी । चीनका राष्टपति सी चिनफिङ र अमेरिकी पूर्व विदेश मन्त्री हेनरी अल्फ्रेल्ड किसिन्जरबीच शुक्रबार बेइजिङमा भेटवार्ता भएको छ ।

भेटका अवसरमा राष्ट्रपति सीले धेरै वर्षदेखि चीन र अमेरिका दुईवटा महान देश सम्बन्धको विकासका लागि सदिच्छापूर्ण भावना र सकारात्मक प्रयास गर्दै आउनुभएको भन्दै किसिन्जरको प्रशंसा गेका छन् ।

चीन र अमेरिका दुवै पक्षले रणनीतिक समस्याका सम्बन्धमा आदान–प्रदानलाई सबल पारी पारस्परिक समझदारीलाई प्रबद्र्धधन गर्नुका साथै दुवै देशका जनताको मूलभूत हित बमोजिम चीन–अमेरिका सम्बन्धलाई सही दिशातर्फ विकसित पार्दै जाने आशा पनि सीले व्यक्त गरे ।

प्रत्युत्तरमा डाक्टर किसिन्जरले दुवै पक्षले रणनीतिक आदान–प्रदानलाई सबल पारी निरन्तर रूपमा विभिन्न क्षेत्रमा रहेका आदान–प्रदान तथा सहयोग गर्दै जाने कुरा औँल्याएका थिए ।