राजनीति

काँग्रेसको शीर्ष नेतासहितको विशाल ¥याली, पोखरा देखियो पुरै काँग्रेसमय, आत्तिए कम्युनिष्ट

पोखरा । कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसारअन्तर्गत आज पोखरामा नेपाली काँग्रेसले शीर्ष नेतासहितको विशाल ¥याली निकालेको छ ।

पार्टीका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला, केन्द्रीय सदस्य डा शेखर कोइराला, डा रामशरण महत, डा मीनेन्द्र रिजाल, धनराज गुरुङलगायत नेता सहभागी ¥याली चिप्लेढुङ्गाबाट न्यूरोड, सभागृह हुँदै पृथ्वीचोक पुगी सभामा परिणत भएको थियो । सभामा केन्द्रीय सदस्य रिजालले वर्तमान सरकारका संविधान विरोधी, अलोकतान्त्रिक प्रवृत्तिलाई सच्याउनका लागि उपनिर्वाचनमा काँग्रेसले जित्नुपर्ने बताए ।

काँग्रेसले कास्की क्षेत्र नं २ मा छ दशक योगदान गरेका त्यागी निष्ठावान् नेता खेमराज पौडेललाई उम्मेदवारका रुपमा अघि सारेको उल्लेख गर्दै उहाँले त्याग र निष्ठाको राजनीतिका पक्षमा मतदान गर्न आग्रह गरे। काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पौडेलले आफू सधैँ जनताका पक्षमा क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरे । 

काँग्रेस कास्की २ मा जसरीपनि आफ्नो उम्मेद्वार विजय गराउन पुरै केनिद्रत भएपनि कम्युनिष्टहरु आत्तिएको बताईएको छ । शीर्षदेखी अधिकाँस केन्द्रीय नेताहरु उपनिर्बाचन प्रचारका लागि कास्कीमा छन् । तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेविसंघका नेताहरु सबै पोखरा केन्द्रीत भएका छन् ।