राजनीति

गगनले जनतालाई सम्झाएः कम्युनिष्टलाई जिताए श्री ६ केपी ओली जिन्दाबाद नभन्ने सबैलाई जेल हाल्छन्

पोखरा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई श्री ६ केपी ओली जीनदावाद नभन्नेहरु सबै जेल जाने अवस्था आउन लागेको बताएका छन् । उपनिर्बाचनको प्रचारका लागि पोखरामा काँग्रेस उम्मेद्वार खेमराज पौडेललाई विजय गराउन शीर्ष नेताहरुसँगै आएका नेता थापाले रवीन्द्र अधिकारीसँग आफूले लामो समयदेखी सहकार्य गरेको भएपनि उनकी धर्मपत्नीलाई मतदान गर्न गणतन्त्र नआएको जिकिर गरेका छन् ।

नेता थापाले भनेका छन्, ‘केही थान मन्त्री, मुख्यमन्त्री र आफ्ना नातेदारलाई जागीर खुवाउन गणतन्त्र ल्याउन सहीदहरुले रगत नबगाएको बरु संघीयता कमजोर हुंदैगरेको छ ।’ नेता थापाले पछिललो समयमा राष्ट्रपति विद्यादेवी भण्डारीका कृयाकलाप नेकपाकी नेतृ शैलीको भएको भन्दै झण्डै दुई बर्ष जुद्ध शम्सेरका पालादेखी कुनै पनि सरकारले नपाएको र्दु तिहाई मतलाई ओली सरकारले दुरुपयोग गर्दै संघीयता, समावेशीता, गणतन्त्र र संबिधानमाथी प्रहार गर्नमा खर्च गरेको दाबी गरेका छन् । उनले श्री ६ केपी ओली जीन्दाबाद नभने सबैले एकदिन कम्युनिष्टबाट हतकडी लगाउँदै जेल जानुपर्ने दिन आउने शंका ब्यक्त गरेका छन् ।

काँग्रेसशीर्ष नेताहरु सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शसाँक कोईराला तथा नेता डा शेखर कोईराला, डा मीनेन्द्र रिजाल, धनराज गुरुगं लगायतका शीष र प्रभावशाली नेताहरु प्रदेश नम्बर १ को धरानपछि पोखरा केन्द्रीत भएका छन् । उनीहरुले काँग्रेस र कम्युनिष्टको प्रतिष्ठाको लडाई उपनिर्बाचन भएको दाब्ी गर्दै काँग्रेसलाई मतदान गर्न आग्रह गरेका छन् । अन्तिम समयमा काँग्रेस नेताहरु गुटबन्दी कुरा गर्न छाडी उम्मेद्वारलाई मतमाग्ने कार्यमा लागेका देखिएका छन् ।