आर्थिक

एनआईसी बैंकको नयाँ शाखा स्याफ्रुबेसी, रसुवामा

रसुवा । रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका स्याफ्रुबेसीमा एनआईसी एशिया बैंकले नयाँ शाखा शुभारम्भ गरेको छ । उक्त शाखा गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले उद्घाटन गरेका हुन् ।

स्याफ्रुबेसी शाखा सञ्चालनमा आएसँगै उक्त क्षेत्रका ग्राहकहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।