आर्थिक

प्रभु बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौ । प्रभु बैंक लिमिटेडको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष देवी प्रकाश भट्टचनको अध्यक्षतामा बबरमहलस्थित बैंकको प्रधान कार्र्यालयमा विभिन्न निर्णयहरु पारित गर्दै सम्पन्न भएको हो ।

सञ्चालक समितिको प्रतिवेदन सहितगतआ.व.०७५/०७६को वासलात,नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरिएको थियो । साथै, १८औं वार्षिक साधारण सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको गत आ.व. २०७५/०७६को एकीकृत वित्तीय विवरण पनि पारित गरिएको थियो ।

आज सम्पन्न बैंकको १८औं वार्षिक साधारण सभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सामान्य तथा विशेष प्रस्तावहरु पारित गर्दै बैंकले गत आ.व. २०७५/७६को मुनाफाबाट गत आ.व. २०७५/०७६ मा कायम चुक्ता पूँजीको १६ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णयसमेत गरेको छ ।

साधारणसभाले संस्थापक समूहतर्फ कायम रहेको ५५ प्रतिशत र सर्वसाधारण समूहतर्फ कायम रहेको ४५ प्रतिशतको शेयर स्वामित्वमा संशोधन/परिवर्तन गरी संस्थापक समुहतर्फ ५१ प्रतिशत र सर्वसाधारण समुहतर्फ ४९ प्रतिशत शेयर स्वामित्व कायम हुने गरी बैंकको जारी तथा चुक्ता पूँजीको संरचना संशोधन/परिवर्तन गर्ने निर्णय गरी सोही बमोजिम बैंकको प्रबन्ध–पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णयसमेत गरेको छ ।