सूचना प्रविधि

एनसेलको नयाँएनसेल सेन्टर नेपालगञ्जमा

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो ग्राहक सेवालाई थप सहजतथा परिस्कृत बनाउँदै नेपालगञ्जको पुष्पलालचोक–२ माबिहीबार नयाँ सुविधासम्पन्न नयाँएनसेल सेन्टर संचालनमा ल्याएको छ ।

एनसेलका प्रमुख प्रविधि अधिकृत अदिल इस्रारले बिहीबार एक कार्यक्रममाझ उक्त सेन्टरको उद्घाटन गरेका थिए । संचालनमा आएको उक्त सेन्टरको प्रारुप कम्पनीको नयाँ ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’अनुरुप रहेको र ग्राहकलाई एकै स्थानबाट सम्पुर्ण ग्राहक सेवाप्रदानगर्न सक्षम रहेको एनसेलले जनाएको छ ।

नयाँ सेन्टर उद्घाटनको अवसरमा कम्पनीले आकर्षक योजनापनि ल्याएको छ । यो योजनाअन्तर्गत मंसिर ५ देखि मंसिर ७गते सम्म नेपालगञ्ज सेन्टरबाट सिम कार्ड खरिद गर्ने ग्राहकले १ जीबी डेटा भोलुम निःशुल्क पाउनेछन् । प्राप्त डेटा भोलुम ३ दिनको लागिमान्य रहनेछ । यसका साथै मंसिर ७गते सम्मउतm सेन्टरबाट कारोबार गर्नु हुने हरेक ग्राहकले उपहार पनिप्राप्तगर्नेछन् ।

एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिमखरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सक्छन् । त्यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिमफोरजीमा अपग्रेड गर्न, सिमतथामोबाइल नम्बर परिवर्तन गर्न, सियुजी नम्बरहरु र विजप्लानहरु बदल्न, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु गर्न, बिलतिर्ने, रिचार्ज कार्ड खरिद र ब्यालेन्स ट्रान्सफर गर्न लगायतकाअन्य सम्पुर्ण ग्राहक सेवाहरु प्राप्त गर्न सक्छन् ।

आफ्नाग्राहकलाई विश्वस्तरीय सेवा अनुभव प्रदानगर्नेे प्रतिबद्घता अनुरुप, यस नयाँ सेन्टरले ग्राहकलाई थप मुल्यप्रदान गर्ने विश्वास एनसेलले लिएको छ । आइतबार देखि शनिबार हप्ताको सातै दिन बिहान ९ बजे देखि ५ बजे सम्म यस सेन्टरले ग्राहकहरुलाई सेवाप्रदान गर्नेछ ।

आफ्नो ग्राहक सेवालाई अझ सहजतथा सर्वसुलभ बनाइउत्कृष्ट ग्राहक अनुभव प्रदानगर्न एनसेलले देशका विभिन्न भागमा ३० वटा एनसेल सेन्टरहरु संचालनगर्दै आएको छ ।