समाचार

डा कोइरालालाई नेकपाका कार्यकर्ताले पोखरामा किन गरे चुनावी प्रचारमा जान अबरोध !

पोखरा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोईराला कास्की २ का काँग्रेस उम्मेद्वार खेमराज पौडेलको निर्बाचनको सभा तथा घरदैलो कार्यक्रममा सहभागी हुन गएका छन् । त्यसैक्रममा बिहीबार अर्मलाकोटमा भएको काँग्रेस कार्यक्रममा जाँदैगर्दा नेता कोईराला लगायत काँग्रेस कार्यकर्तालाई रोक्न झण्डै तीन किलोमीटर अगाडी जोजरले ढुंगा झारेर बाटो छेकिएको थियो ।

डा कोईरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलीयाका अनुसार बाटो अबरोध गरेपछि डा कोईराला हिँडेर उक्त बाटो जानुभयो । कार्यक्रममा नेता धनराज गुरुगं, गगन थापा, शोभीयत अधिकारी लगायतका नेताहरु पुगेका थिए । पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निर्बाचन क्षेत्र पर्ने उक्त क्षत्रमा काँग्रेसले खेमराज अधिकारीलाई उम्मेद्वार बनाएको छ भने नेकपाले स्व. अधिकारीकी पत्नी बिद्या भट्टराईलाई उम्मेद्वार बनाएको छ ।

काँग्रेस नेताहरु डा कोईरालाको राष्ट्रिय अन्तर्राष्ट्रिय प्रभाव बढ्दै गएको देखेर कम्युनिष्ट कार्यकर्ताहरुले अबरोध गरेको आरोप लगाउँछन् भने कतिपयले कक्युनिष्टले अर्कालाई निशेष गर्ने पुरानो परम्पराको निरन्तरता दिएको बताएका छन् । नेकपा कार्यकर्ताले डा शेखर वा काँग्रेसमाथीमात्र नभएर लोकतन्त्रमाथी अबरोध गरेको राजनीतिक विश्लेशकहरुले बताएका छन् ।