सामाजिक सञ्जाल

पुर्व सभामुख ढंगानाको प्रधानमन्त्रीलाई प्रश्नः किन औंलाछाप, ल्याप्चे राजनीति ?

काठमाडौं । पुर्व सभामुख दमननाथ ढुंगानाले विश्वले पनि सत्ता शुरक्षाको विधि नेपालबाट सिक्नुपर्ने व्यंग्य गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटर माफर्त ढुंगानाले संसदिय दलको नेता प्रतिनिधिसभामा बहुमतको विश्वास भएसम्म प्रधानमन्त्रीको पदावधी पाँच वर्ष हुने बताए ।

यति हुँदा पनि सत्ता गुम्ने डरले प्रधानमन्त्रीले अनेक जुक्ति गरेको उल्लेख गरेका छन् । तैपनि किन तमसुक ?  किन औंलाको कालो छाप ‘ल्याप्चे’ ? भन्दै उनले प्रश्न गरेका छन् ।

उनको ट्वीटरः संसदीय दलको नेता र प्रतिनिधिसभामा बहुमतको विश्वास( यी दुई पूर्वावस्था पूरा भएसम्म प्रधानमन्त्रीको पदाबधि पाँच वर्षकै हो। तैपनि किन तमसुक ? किन औंलाको कालो छाप ‘ल्याप्चे’ राजनीतिरु सत्ता (सुरक्षा विधि विश्वले नेपालबाट सिके हुन्छ  ।