राजनीति

स्थानीयलाई दिनुपर्छ भन्दै टिकट फीर्ता गरेका धनराज काँग्रेस उम्मेद्वार जिताउन यसरी हिँड्दैछन् घरदैलोमा

पोखरा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगं पछिल्लो समय कास्कीको निर्बाचनमा काँग्रेस उम्मेद्वारलाई विजय गराउन घरदैलो कार्यक्रममा बयस्त छन् । नेपाली काँग्रेसबाट उम्मेद्वार बनेका नेता खेमराज पौडेललाई विजय गराउन घरदैलो कार्यक्रममा बयस्त भएका नेता गुरुगं केही दिन अगाडी धरानको स्थान्ीय तहको निर्बाचनमा मेयर उम्मेद्वार तिलक राईको चुनावी सभा र घरदैलो कार्यक्रममा ब्यस्त थिए ।

काँग्रेसले कास्कीमा स्वः रवीन्द्र अधिकारीको क्षेत्रबाट टिकट दिन खोज्दा स्थानीयलाई टिकट दिनुपर्छ भन्दै आफू पछि हटेका नेता गुरुगं सोही क्षेत्रमा काँग्रेस उम्मेद्वारलाई जिताउन जीउज्यान दिएर लागेका छन् । प्रतिनिधि सभा निर्बाचनमा रवीन्द्र पत्नी बिद्या भट्टराईलाई नेकपाले उम्मेद्वार बनाएको छ भने काँग्रेसले पार्टीका सिनियर नेता पौडेललाई चुनावी मैदानमा उठाएको छ ।

काँग्रेस बाहेक संघीय समाजबादी, विवेकशील साझा लगायतका अरु पार्टीहरुले आफ्ना कार्यकर्तालाई उम्मेद्वार बनाएपनि प्रतिष्पर्धामा काँग्रेस र नेकपा नै देखिएका छन् । कास्की २ मा काँग्रेस सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विजयकुमार गच्छदार, विमलेन्द्र निधि, महामन्त्री डा शसाँक कोईराला लगायतका सिनियर नेताहरुले काँग्रेस उम्मेद्वार विजय गराउन लागि परेका छन् । त्यसका साथसाथै धनराज गुरुगं लगायतका युवजा नेताहरुपनि सकृय छन् ।

नेता गुरुगंले घरदैलो कार्यक्रममा भने, ‘भ्रष्ट राजनीतिको बिरुद्व सदाचारी नेता खेमराज पौडेलको उमेदवारी हो।’ नेता गुरुगं लगायतका काँग्रेस कार्यकर्ताहरुले घरदैलो कार्यक्रममा सर्बसाधारणको घरमा खाना पनि खाएका थिए ।