समाचार

लोड गरिएका टिपर सडकमा जथाभावी पार्किङ गरे कारबाहि गर्ने यातायात विभागको चेतावनी

काठमाडौं । यातायात व्यवस्था विभागले पानी चुहाउँदै वालुवा  ढुवानिमा निषेध लगाएको छ । एक सुचना जारी गर्दै विभागले टिपर चालकलाई पानी सहित बालुवा ढुवानी गर्ने र जथाभाबी पार्किङ गर्नेलाई कारबाहि गर्ने चेतावनी दिएको छ ।

यस्तै टिपरहरु धुलिखेल, नागढुंगाबाट साँझ ८ वजे पछिमात्रै काठमाडौं प्रवेश गर्न पाउने बताएको छ । लोड गरिएका टिपर लगाएत सवारी साधन सवारी आवगमनमा वाधा पुग्नेगरी सडकमा जथाभावि पार्किङ गर्न नपाउने बताएको छ ।

साथै यसो गरिएको पाईएमा कानुन बमोजिम कारबाहि गर्ने बिभागले चेतावनी दिएको छ ।उपत्यकाको सवारी आवागमनलाई सहज बनाउन विभागले यस्तो निर्णय गरेको जनाएको छ ।