समाचार

भारतमा उपनिर्वाचनः आजदेखी ४ दिन झुलाघाट नाका बन्द हुने

बैतडी । मंसिर ८ गते भारतमा विधानसभाको उपनिर्वाचनलाई मध्यनज गर्दै आज (शुक्रबार) बाट चार दिन नेपाल –भारत सीमानाक बन्द हुने भएको छ ।

भातरसंग सीमा जोडीएको बैतडीको झुलाघाट नाका आज अपरान्ह देखी चार दिन नाका बन्द गर्न लागिएको हो । मंसिर ९ सम्म नाका बन्द रहने भएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

मंसिर ८ मा भारतमा विधानसभाको उपनिर्वाचन हुने भएकाले सुरक्षा संवेदनशीलता कारण शुक्रबार साँझ ५ बजेदेखि मंसिर ९ साँझ ५ बजेसम्म सीमानाका बन्द हुने जनाइएको छ ।

सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नु परेमा आपसी सहमतिमा खोल्न सकिने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए ।

यसअघि गत असोज १८ मा भारतको पिथौरागढमा जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचन हुँदा पनि असोज १६ देखि १८ गतेसम्म तीन दिन झुलाघाट नाका बन्द गरिएको थियो ।